देउवासँग भारत र चीनका राजदूतकाे छुट्टाछुट्टै भेट | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

देउवासँग भारत र चीनका राजदूतकाे छुट्टाछुट्टै भेट

काठमाडाैं, १४ फागुन । भारतीय राजदूत विनयमोहन क्वात्रा र चिनियाँ राजदूत होउ यान्छीले सभापति देउवालाई बिहीबार बेलुकी उनकै निवास बुढानिलकण्ठमा छुट्टाछुट्टै भेट गरेको बताइएको छ ।

बिहीबार साँझ बसेको काँग्रेसको पदाधिकारी बैठक सम्पन्न भएपछि राजदुतहरुले देउवासँग भेट गरेको हो । मगंलबार सर्वोच्चले प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला सुनाएसँगै नेपाली काँग्रेस अहिलो नेपाली राजनीतिको केन्द्रमा रहेको छ । यस्तो समयमा भएको राजदूतहरुको भेटलाई अर्थपूर्ण ढगंले हेरिएको छ ।

सत्तासमीकरणको लागि भईरहेको दौडधुपमा नेकपा दाहाल–नेपाल पक्षले पनि देउवासँग भेट गरिसकेको छ । तर काँग्रेसको बिहीबारको पदाधिकारी बैठकले भने काँग्रेसले तत्कालका लागि दुबै पक्षको नेकपासँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

Leave a Reply