ट्रम्पले जारी गरेकाे आप्रवासन कानुन राष्ट्रपति बाइडनद्वारा परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

ट्रम्पले जारी गरेकाे आप्रवासन कानुन राष्ट्रपति बाइडनद्वारा परिवर्तन

joe biden and trump

एजेन्सी, १३ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी आप्रवासन कानुनमा परिवर्तन गर्नुभएको छ । तत्कालिन राष्ट्रपति ट्रम्पले कोरोना महामारीकै क्रममा अमेरिकी ग्रीन कार्ड सम्बन्धि ब्यवस्थामा गरेको परिवर्तनलाई वाईडेन प्रशासनले पुर्ववत् ब्यवस्था अनुसार नै हुने गरि खारेज गरिदिएको छ ।

ट्रम्प प्रशासनले ग्रीन कार्ड सम्बन्धमा गरेको परिवर्तनले वैधानिक आप्रवासनमा अवरोध पु¥याएको भन्दै त्यहाँका कानुन ब्यवसायीहरुले विरोध गर्दै आएका थिए । पूर्व राष्ट्रपति ट्रम्पले गत बर्षको प्रारम्भबाट अमेरिकामा कोरोना संक्रमण फैलिन थालेसँगै अमेरिकामा बेरोजगारी बढेको भन्दै २०२० मा ग्रीनकार्ड सम्बन्धि ब्यवस्था खारेज गरेकोमा पछि यसलाई सन् २०२१ को मार्चसम्मका लागि बढाईएको थियो ।

बाइडेन प्रशासनले बुधबार मात्रै ट्रम्प प्रशासनले आप्रवासन सम्बन्धि नियममा गरेको कडाईलाई हटाउँदै वैधानिक आप्रवासन अमेरिकाको हितमा नभएको बताएको छ । आप्रवासन सम्बन्धि कानुनमा लगाईएको रोकका कारण अमेरिकी नागरिक र यहाँ कानुनी रुपले बसोबास गरिरहेका स्थायी वासिन्दाहरुलाई उनका परिवारसँगको भेटघाट मै अवरोध पु¥याएको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);