घुस लिएको अभियोगमा दुई प्रहरी अधिकृत नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

घुस लिएको अभियोगमा दुई प्रहरी अधिकृत नियन्त्रणमा

dampati pakrau

कपिल अधिकारी
बुटवल, १३ फागुन ।
घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई जना प्रहरी अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैडहवा ३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई अख्तियार टोलिले नियन्त्रणमा लिएको हो ।

उनिहरुले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट ५० हजार घूस लिएका थिए । गैडहवा गाउँपालिका वडा नं ३ बाट बिहीबार बिहान १० बजे ती दुई प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको अख्तियार बुटवल कार्यालयका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);