संसदमा अंकगणितको खेल सुरु, अबको प्रधानमन्त्री देउवा, दाहाल कि नेपाल ? | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

संसदमा अंकगणितको खेल सुरु, अबको प्रधानमन्त्री देउवा, दाहाल कि नेपाल ?

काठमाडौ, १२ फागुन । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नयाँं सरकार बनाउनका लागि संसदमा अंक गणितको खेल सुरु भएको छ। नयाँं सरकार बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निर्णायक देखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जाने मनासय प्रकट गरेका छन् । तर ओलीसंग मिलेर नजान पार्टी भित्र र बाहिरबाट ठुलो दबाब आएको बताइएको छ ।

संसदमा भएको अंकगणित अनुसार नेकपाका १७३ संसाद मध्य ९३ जना नेपाल दाहालका पक्षमा छन् भने ओली पक्षमा ८० छन् । नेपाली कांग्रेससंग संसदमा ६१ साँसद छन् । ‘नेपाली कांग्रेस र दाहाल नेपाल मिल्दा १५४ हुन्छ । १ सय ३८ भए सामन्य बहुमत पुग्नेमा यो संख्या त्यो भन्दा बढि हो। नेकपाको दाहाल नेपाल पक्षलार्ई सरकार बनाउन थप ४५ सांसद चाहिन्छ ।

जनता समाजवादीसंग ३४ सांसद छन् । स्वतन्त्र ३ सांसद छन। तिनले पनि नेपाल दाहाललाई समर्थन गरेको खण्डमा उनीहरुलाई सरकार बनाउन थप ८ संसादको अवश्यकता पर्छ ।

नेकपा दाहाल नेपाल पक्षले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ। तर समीकरण मिलाउदा माधवकुमार नेपाल समेत प्रधानमन्त्रीका लागि उम्मेदवार हुन सक्छन् ।

नेपाली कांग्रेसले अहिलेका राष्ट्रपति कायम राख्ने शर्तमा सरकार बनाउन कसरत गरेको बताईएको छ। त्यसो हुँदा देउवा प्रधानमन्त्री बन्ने छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि शक्तिका आधारमा ओली पक्षबाट नेपाल दाहाल पक्षमा १० संसाद थपिए भने जनता समाजवादी र नेपाल दाहाल पक्ष मिले सरकार बनाउन सक्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);