काठमाडौं, २१ असोज । वेपत्ता भएको दुई महिना पछि पत्रकार किम वालको शरीरका केही भाग छुट्टाछुट्टै अवस्थामा भेटिएको छ ।
करिब दुई महिना अगाडि घुम्न गएको बेला बेपत्ता भएकी किमको आज शनिबार शरीरको केही भाग फेला परेको हो ।
पत्रकार किमको टाउको र दुईवटा खुट्टा एउटा झोलामा फेला परेको छ भने उनले लगाएका लुगा एउटा झोलामा फेला परेको बीबीसीले जनाएको छ ।
दुई महिना अगाडि मृत किम उनका केटा साथी डानिस् सव मानिनरसँग घुम्म जाँदा बेपत्ता भएकाले कुनै विषयमा कुरा नमिल्दा उनैले किमको हत्या गरेको हुन सक्ने त्याहाँको प्रहरीले जनाएको छ । तर यस विषयमा सोधपुछ गर्दा डानिस् सव मानिनरले प्रहरीले लगाएको हत्या अरोप अस्वीकार गरेका छन्।
उनको टाउको र दुईवटा खुट्टा बाहेकको शरीर अगस्त २१ मा कोपेनहेगनमा बगिरहेको भेटीएको थियो ।