भक्तपुर, ६ फागुन । आफै चेढेको मिनीट्रक बाट ओर्लने क्रममा दुर्घटनामा परी भक्तपुरमा एकको मृत्यु भएको छ ।
बुधबार साँझ चाँगुनारायण नगरपालिका २ झौखेलबाट व्यासी तर्फ आउँदै गरेको बा २ क ९०९९ नम्बरको मिनीट्रकमा आएका ४१ वर्षका सूर्यमान सुवालको मृत्युु भएको हो ।
मिनिट्रक बाट ओर्लने क्रममा आफु चढेर आएकै मिनिट्रकको चक्कामा परि घाईते भएका सुवालको उपचारका क्रmममा बुधवार राति सिना मंगल स्थित केएमसि अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ । रामेछाप घर भई हाल झौखेल बस्ने ४५ वर्षका ट्रक चालक सन्तवीर तामाङ भने प्रहरी नियन्त्रणमा रहेका छन्।