अपराह्नपछि मौसममा बदली र हल्का वर्षाको संभावना | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

अपराह्नपछि मौसममा बदली र हल्का वर्षाको संभावना

weather

काठमाडाैं, ६ फागुन । मौसम पूर्वानुमानका अनुसार विहिवार अपराह्नपछि मौसममा बदली र हल्का वर्षा हुन सक्ने बताईएको छ । अपराह्नपछि मौसममा बदली र हल्का वर्षा हुन सक्ने देखिएपनि रातिमा भने मौषम सफा रहने छ ।

मौषम पुर्वानुमान महाशाखाका अनुसार यस्तो अबस्था भने प्रदेश १ र २ मा देखिने छ । दिउँसो बाट मौषम बदली हुने भएपनि राति भने मौषम सफा रहने अनुमान गरिएको छ । शुक्रबारबाट भने दुई तीन दिन पहाडी भूभागहरुमा आंशिक बदली मात्र हुने पूर्वानुमान गरिएको छ । मौसम पुर्वानुमानशाखाका अनुसार तत्काल ठूलो पानी पर्ने मौसमी प्रणाली भने देखिएको छैन ।

मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन अवधि मानिन्छ । फेब्रुअरीको आधा महिना समाप्त हुँदा तापक्रम बढ्दो क्रममा रहेको छ । तापक्रम बढ्दा स्थानीय वायुहरुको प्रभाव बढ्ने र सानो सानो क्षेत्रमा हल्का वर्षा हुने पुर्वानुमान गरिएको छ ।

बुधबार अपराह्नपख काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा भएकोे थियो । प्रिमनसुन सिजन नजिकिएकै कारण बुधबार काठमाडौं उपत्यकाका केही स्थानमा हल्का पानी परेको मौसमविद बताउँछन् । बुधबार पानी परेकाले विहिवार बिहान काठमाडौं उपत्यकामा चिसो बढेको महसुस भएको थियो । विहिवार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);