भारतमा हिमताल फुट्दा ज्यान गुमाउनेको संख्या १० पुग्यो, एक सय बढी बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

भारतमा हिमताल फुट्दा ज्यान गुमाउनेको संख्या १० पुग्यो, एक सय बढी बेपत्ता

एजेन्सी, २६ माघ । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीले बगाएका मध्ये १० जनाको शव फेला परेको छ भने अझैं एक सय जना भन्दा बढी अझै बेपत्ता छन् । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगंगा नदीमा बाढी आएको हो ।

हिमताल फुटेपछि नदीमा आएको बाढी विभिन्न गाउँमा पसी घरहरूमा क्षति गरेको छ । जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीका कारण बढि प्रभावित भएका छन् ।

बाढीले तपोवन बाँधमा समेत ठूलो क्षति पुग्नुका साथै नजिकको सुरुङमा मानिसहरु फसेको आशंका रहेको र उद्धार तथा खोजीको काम भइरहेको स्थानीय अधिकारीले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

हिमताल फुटेको सूचनासँगै खटिएको प्रहरीसहितको टोलीले घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ । नदी आसपासका रहेका गाउँका मानिसहरुलाई अन्यत्रै सारिएको छ । हिमताल विस्फोटपछि आएको बाढीले ऋषिगंगा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);