‘पियोर इभी’ नामको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

‘पियोर इभी’ नामको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

काठमाडौं, २५ माघ । नेपाली बजारमा भारतीय इलेक्ट्रिक कम्पनीको नयाँ ब्राण्डको स्कुटर भित्रिएको छ । ह्वाइट लोटस मोटर्स प्रालीले आइतबार ‘पियोर इभी’ नामको भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।

पहिलो चरणमा पियोर इभी ब्राण्डका इप्लुटो ७ जि र इट्रान्स नियो ब्राण्डको इलेक्ट्रिक स्कुटर बजारमा उपलब्ध हुने छन् । इप्लुटो ७ जिको मूल्य २ लाख ४९ हजार र इट्रान्स नियोको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको छ ।

दुबै इलेक्ट्रिक स्कुटरमा २२ सय वाटको मोटर र सजिलै एक ठाँउबाट अर्को ठाउँमा लगेर रिचार्ज गर्न सकिने ६० भोल्ड ४० ए एच लिथियम आयन ब्याट्री छ । जुन ४ घण्टामा रिचार्ज हुने बताइएको छ । यो एक पटक चार्ज गरेपछि ६० किलोमिटर प्रति घण्टाको दरले १ सय १६ किलोमिटरसम्म गुडने मोटर्सको दावी छ ।

मोटर्सका प्रवन्ध निर्देशक अशोक खड्कीले हाल उक्त ब्राण्डका इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट पाउने बताउनुभयो । उहाँले हालका लागि पियोर इभीको ब्राण्डको स्कुटर खरिद गर्दा नगद २५ हजारका साथै एसेसरिजमा १० हजार रुपैयाँ छुट प्रदान गरिने बताउनुभयो ।

मोटर्सका प्रवन्ध निर्देशक अशोक खड्कीले कम्पनीले यसको ब्याट्री मोटर र कन्ट्रोलरमा ३ वर्षको वारेन्टी प्रदान गरेको पनि बताउनुभयो । यसमा एलसिडी स्क्रिन, अलोए ह्विल, एन्टी थिफ प्रोभिजन विथ स्मार्टलक, रिजेनेरेटिभ ब्रेकिङ लगायतका फिचर्स छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);