कांग्रेस राष्ट्रिय हितको लागि प्रतिबद्ध छ : डा.महत | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

कांग्रेस राष्ट्रिय हितको लागि प्रतिबद्ध छ : डा.महत

वीरगञ्ज, २४ माघ । नेपाली कांग्रेसका नेता रामशरण महतले प्रतिनिधि सभा विघटनपछि घोषणा गरिएको मध्यावधी चुनावले कांग्रेसलाई राम्रो अवसर प्राप्त भएको भएपनि आफूहरु विघटनको विरुद्धमा भएको बताउनु भएको छ ।

शनिबार नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले वीरगञ्जमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता महतले यस्तो बताउनु भएको हो । प्रतिनिधि सभा विघटनले कांग्रेसलाई फाइदा हुने भनी धेरैले टिप्पणी गरिरहेको भएपनि काँग्रेस पार्टीगत नभई राष्ट्रगतका हितका लागि प्रतिबद्ध भएको उहाँको भनाई छ ।

त्यसैले काँग्रेस प्रतिनिधि सभाको पुनस्र्थापनाको पक्षमा रहेको नेता महतले स्पष्ट पार्नुभयो । सरकारले संवैधानिक पदहरुमा गरेको नियुक्तिमा पनि उहाँले आपत्ति जनाउनुभयो ।

सरकारले देशको आर्थिक सामाजिक क्षेत्रलाई सुधान गर्ने तिर ध्यान दिनुपर्नेमा प्रतिनिधि सभा विघटन गरी देशमा राजनैतिक संकट सिर्जना गरेको आरोप समेत डा. महतको रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);