संसदमा विकास समितिको प्रतिवेदन पेश | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

काठमाडौं, २० असोज ।  व्यवस्थापिका संसदको विकास समितिले आफ्नो वार्षिक प्रतिवेदन संसदमा पेश गरेको छ ।

समितिका सभापति रविन्द्र अधिकारीले व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा समितिको वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो । प्रतिवेदनमा ठूला आयोजना निर्माणका लागि सरकारलाई दिइएको निर्देशनहरु समेत समेटिएको छ । विकास निर्माणको कामलाई अघि बढाउन सरकारलाई दिइएको निर्देशनहरु वार्षिक प्रतिवेदनमा समेटिएको समितिका सभापति अधिकारीले बताएका छन् । प्रतिवेदनमा सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्राथमिकता नदिइएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अवलोकन गरी सरकारलाई दिइएको सुझावलाई समेत समेटिएको छ । २०७३ साल भदौ ८ गतेदेखि २०७४ साल असोज ९ गतेसम्म समितिको ४५ वटा बैठक बसेको थियो । ती सबै बैठकका निर्णयहरुलाई समेटेर समितिको वार्षिक प्रतिवेदन तयार पारिएको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);