हृदयघातका कारण सशस्त्र प्रहरी निरीक्षकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

हृदयघातका कारण सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

अनिल पाण्डेय

पर्सा, २२ माघ । बारामा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। सशस्त्र प्रहरी बिओपी बोर्डर आउट पोस्ट कवहीगोठका प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरीक्षक नरायण सिंह एरिको मृत्यु भएको छ ।

उनको हृदयघातको कारण मृत्यु भएको हो । नरायणि अस्पटाल बिरगँजले पुष्टी गरेको छ । उनको स्वास्थ्य मा समस्या देखिए पछी कलैया अस्पताल लगिएको थियो । पछी कलैया अस्पतालमा भेन्टिलेटर सहित अन्य स्वास्थ्य सामाग्री नभए पछि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रेफर गरिएको थियो ।

यसरी जिल्लामा एउटा मात्र अस्पताल मा साधारण भेन्टीलेटर नहुनु र त्यसले गर्दा सुरक्षाकर्मीको नै मृत्यु हुनु निकै दुखद भएको बुझ्न सकिन्छ । यस सम्बन्धमा कलैया अस्पताल प्रशासन , सामाजिक बिकास मन्त्रालय प्रदेश २ र मुख्यमन्त्री लालबाबू राउत गद्दीको गम्भीर ध्यानाकर्षण आवश्यक देखिन्छ ।

अस्पतालमा स्रोत र साधन नहुदा देश कै एक सुरक्षाकर्मीको मृत्यु हुनु प्रदेश २ सरकार कतिको लाचार बन्न सकेको होला बुझ्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);