काठमाडौं, २२ माघ । नेपाली फुटबल खेलाडी रोहित चन्द दक्षिण एशियाको सर्वाधिक महंगो फुटबल खेलाडी बनेका छन । पछिल्लो पटक खेलाडी ट्रान्सफर सम्बन्धि वेबसाईट ट्रास्फर मार्केटले सार्वजनिक गरेको मुल्यवान खेलाडीको सूचीमा रोहित दक्षिण एशियामा सर्वाधिक बढि मूल्य भएका खेलाडीमा परेका हुन् । उनको बजार भाउ दुई लाख ७५ हजार यूरो रहेको छ ।
इन्डोनेसियन लिग खेल्ने रोहित पछिल्लो पटक राष्ट्रिय फुटबल टिमको क्याम्पमा रहेका छन् । यो सूचीमा भारतका गुरप्रित सिंहको मूल्य पनि रोहितका बराबर रहेको छ । पाकिस्तानका मोहम्मद अदनान तेस्रो स्थानमा छन । उनको मुल्य दुई लाख यूरो रहेको छ ।
त्यसपछि भुटानका चेन्चो ग्याल्सेन छन । उनको मुल्य सो वेबसाईटले एक लाख ५० हजार यूरो तोकेको छ । महंगो खेलाडीको सूचीमा श्रीलंकाका अहमेद वासिमको एक लाख यूरो रहेको छ ।