मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक रुपले काम गर्ने अध्यक्ष अन्सारीको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक रुपले काम गर्ने अध्यक्ष अन्सारीको प्रतिवद्धता

काठमाडौं, २१ माघ । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक रुपले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त दुई सदस्यलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष अन्सारीले संविधानमा उल्लेख गरेअनुरुपको मुस्लिम आयोगको उद्देश्य पुरा गर्न तथा मुस्लिम समुदायको हकहित, अधिकार र सशक्तिकरणका लागि सामुहिक रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

लामो समयदेखि मुस्लिम समुदायको हकहितको निम्ति काम गर्नेहरु आयोगको सदस्य भएर आएको भन्दै उहाँले आगामी दिनमा मुस्लिम समुदायको हितमा बढीभन्दा बढी काम गर्ने बताउनुभयो ।

बुधबार बिभिन्न संवैधानिक निकायका सदस्यहरुले सपथ ग्रहण गरेसँगै आ–आफ्नो कार्यालयमा उपस्थित भएका छन् । मुस्लिम समुदायको उत्थान र विकासको निम्ति मुस्लिम आयोगको वर्तमान समुहले अझ बढी काम गर्ने अध्यक्ष अन्सारीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);