काठमाडौं, १८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ५ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७० हजार ९५९ पुगेको छ ।
उपत्यकामा ६८ जनामा संक्रमण
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमित फेला परेका छन् । जसमा २८ जना महिला र ४० जना पुरुष रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २६ हजार ६ सय ८४ पुगेको छ ।