नेकपाको बिस्तारित केन्द्रीय सदस्य म्यादी प्रहरी जस्तै – माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

नेकपाको बिस्तारित केन्द्रीय सदस्य म्यादी प्रहरी जस्तै – माधव नेपाल

काठमाडौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट केन्द्रीय सदस्यलाई कटाक्ष गर्नुभएको छ ।

निर्वाचन आयोगले केन्द्रीय सदस्य बिस्तार गर्ने निर्णयलाई मान्यता नदिएको प्रसंग उल्लेख गर्दै नेता नेपालले ती केन्द्रीय सदस्यहरुको अवस्था ‘हिस्स बुढी खिस्स दाँत’ जस्तै भएको बताउनुभयो । शनिबार धनगढीमा आयोजित दाहाल–नेपाल पक्षको आमसभामा बोल्दै उहाँले प्रधानमन्त्री ओलीको पछि लागेकाहरूले गल्ती सच्चिएर फर्कन आग्रह गर्नुभएको छ ।

समस्या कुर्सी र पदको हानथापमा नभएको भन्दै उनीहरु आफूहरू विधि र पद्धतिमा पार्टी चलाउनुपर्छ भन्दा ओलीले संसद् विघटनको निर्णय लिएको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्रीको चर्को आलोचना गर्नुभएको माधव नेपालले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई असंवैधानिक समेत भन्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);