एजेन्सी, १७ माघ । भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।मुरादाबाद–आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई मुराबादका स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अन्यन्त्र रेफर गरिएको बताइएको छ ।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रत्ति दुःख व्यक्त गर्दै मृत्यु भएकाका परिवारलाई दुई÷दुई लाख भारतीय रुपैयाँ राहत दिने र घाइतेलाई जनही ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ ।