कानून सम्मत गठन भएको उपभोक्ता समिति जनप्रतिनिधिको दबाबमा बदर | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

कानून सम्मत गठन भएको उपभोक्ता समिति जनप्रतिनिधिको दबाबमा बदर

पर्सा, १६ माघ । पर्साको बहुदर माई नगरपालिका वडा नम्बर २ मा कुनै योजना बनाउन जलस्रोत तथा बिकास डिभिजन कार्यालय पर्साले आफ्नै प्रतिनिधि पठाई उपभोक्ता समिती गठन गराएको थियो।

उपभोक्ता समिति गठन भएको दुई दिन नबित्दै सो नगरपालिकाको मेयर नितेन्द्र साह र पर्साको क्षेत्र न २ (ख) को प्रदेश सभासदस्य राजेश्वर साह तेलि ले छण् देखि टण् जनाको हुल कार्यालयमा ल्याई जबरजस्ति सो उपभोक्ता समिती बदर गराई नया उपभोक्ता समिती गठन गराएका छन।

छण् देखि टण् जनाको हुलमा नगरपालिकाको मेयर नितेन्द्र साह र प्रदेश सभासदस्य राजेश्वर साह तेलि ले कार्यालयमा आई छ घण्टासम्म घेराबन्दि गरी सबै भन्दा तल्लो किसिमको शब्द प्रयोग गरेका थिए। साथै कार्यालयमा भएको टेबल कुर्सीलाई ठोकेका थिए।

झण्डै चोट पटक लागेन भनि जलस्रोत तथा बिकास डिभिजन प्रमुख सिवानन्द साह ले बताए। जिल्ला प्रमुख अस्मान तमाङ्गलाई फोन गर्दा जिल्ला प्रमुखले कुनै सुरक्षाको ब्यस्था नगरी उल्टै प्रदेश सभासदस्यलाई फोन गर्नु भएको थियो।

जसको कारणले प्रदेश सभासदस्य राजेश्वर साह तेलिले मलाई अशब्द भाषा प्रयोग गर्दै जबरजस्ती निर्णय गराएका कुरा डिभिजन प्रमुख साहले बताएका छन।जिल्लामा नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाल आर्मिले सुरक्षाको खटिएको अवस्थामा आम नागरिकले सुरक्षाको अनुभुति गरेका छन।

त्यस्तो अवस्थामा नेपाल सरकारको क्रमचारीले कसरी सुरक्षा पाउदैन भनि प्रश्न प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्गले गरेकाछन् ।प्रदेश सभा सदस्य राजेश्वर साह तेलिसँग प्रतिक्रिया लिन खोज्दा उहाँले प्रतिक्रिया दिन चाहनु भएन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);