काठमाडौँ, १६ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको छ ।
आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५ –५ जनालाई बोलाएको हो ।
यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो ।