काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाकालले नेपाली संस्कृति पुनरागमन गर्नुपर्ने बनाएको बताउनुभएको छ । यसअघि ओझेलमा परेका नेपाली संस्कृतिहरु नमस्तेको संस्कार पुनरागमन भएको उहाँले बताउनुभएको हो ।
बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियानको भर्चुअल शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘नमस्कार ओझेलमा पर्न लागेको थियो। कोरोना आएपछि अहिले नमस्तेलाई वेलकम ग¥यो। ह्यान्डसेकलाई बाइबाइ ग¥यो। अंकमाल ओझेलमा प¥यो ।’
हाम्रा पूर्वजले राम्रो संस्कृति विकास गरेको भन्दै उहाँले अहिले परिस्थितिले नजिक हुँदा अभिवादन आदानप्रदानका लागि नमस्कारले राम्रो भूमिका खेलेको बताउनुभयो ।