अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबिच टेलिफोन वार्ता | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबिच टेलिफोन वार्ता

एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच टेलिफोन वार्ता भएको छ । उक्त टेलिफोन वार्तामा दुई देशबीचका विविध मुद्दामा खुलस्त कुराकानी भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

बाइडेन र पुटिनबिचको टेलिफोन वार्तामा हाल रुसमा भइरहेको विपक्षीको प्रदर्शनका सम्बन्धमा पनि छलफल भएको बताइएको छ । साथै रुसी राष्ट्रपति पुटिनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई समेत दिनुभएको छ ।

अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप बारेमा बाइडेनले आपत्तिा जनाएको जनाइएको छ । साथै रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष दिइएको र उनका समर्थकहरुको प्रदर्शनमा मस्कोमा भएको ब्यापक दमनबारे पनि अमेरिकाले असन्तुष्टि जनाएको बताइएको छ ।

अमेरिकी सरकारी तथा ठूला निजी फर्महरुमा रुसले साइबर आक्रमण गरिरहेको अमेरिकाको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);