काठमाडौं, ४ माघ । नेपालमा थप २ सय ६६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ ।
२४ घण्टामा ४ सय संक्रमित डिस्चार्ज, ५ को मृत्यु
त्यसैगरी २४ घण्टामा ४ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ ।
यसैगरी कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ ।