स्थानीयले क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा दिए उजुरी | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

स्थानीयले क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा दिए उजुरी

वीरगञ्ज, ४ माघ । नेपाल रेल्वेको जग्गामा बसोबास गर्दै आएका दलित बस्तीको घरमा विना सूचना डोजर चलाएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आईतबार उजुरी दिएका छन् ।

वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरस्थित नेपाल रेल्वेको जग्गामा बस्दै आएका दलित बस्तीको १२ वटा घरमा प्रशासनले बिना सूचना डोजर चलाएको भन्दै उनीहरुले उजुरी दिएका हुन् । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, वडा नं.२१ का वडाध्यक्ष, हबिब मियाँ र डोजर चालक सुशील सहित तीन जनाको नाम किटान गरी जिल्ला प्रसाशन कार्यालय पर्सामा उजूरी दिएका छन् ।

केही दिनअघि वडाध्यक्ष मियाँकै उपस्थितिमा रेल्वेको जग्गामा वर्षौदेखि घर बनाएर बस्दै आएका १२ परिवारको घरमा प्रशासनले डोजर चलाएको थियो । पूर्वसूचना बिना वडाध्यक्ष मियाँको निर्देशनमा आफूहरुको घरमा डोजर चलाइएको पीडितहरुले गुनासो गरेका छन् ।

पीडितहरुले आफूहरुलाई अन्यत्र बस्ने सुविधा हुनुपर्ने माग गर्दै उजुरी दर्ता गराएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);