एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफर प्रदेश १बीचको खेल जारी | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफर प्रदेश १बीचको खेल जारी

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफले प्रदेश १ लाई जितका लागि २ सय ४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबार क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनाएको छ ।

एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै वसन्त रेग्मीले ४० रन जोड्दा सन्दीप जोराले ३० रन बनाए । कप्तान शरद भेषवाकरले २० तथा किशोर महतो र सुवास खकुरेलले समान १९–१९ रन जोडे । सुमित महर्जन १४ रनमा आउट भए ।

यसै समूहको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले शुक्रबार गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);