सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरे : राप्रपा अध्यक्ष राणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरे : राप्रपा अध्यक्ष राणा

काठमाडाैं, २७ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताउनुभएको छ ।

सोमबार पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन जुलुस सहित सिंहदरबार पश्चिमगेटस्थित शाहको शालिकमा पुगेका विभिन्न संघसंस्थाका व्यक्तिहरु  र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज गरेपछि प्रतिक्रिया दिदैँ अध्यक्ष राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताउनुभयो ।

उहाँले मुलुकका निर्माता पृथ्वी नारायण शाहलाई कदर गर्न आउँदा दमन भएको भन्दै सरकारले प्रजातन्त्र तथा लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताउनुभयो । 

अध्यक्ष राणाले सरकारमा बस्नेहरु राष्ट्रप्रति इमान्दार र बफादार बन्नुपर्ने बताउनुभयो । मुलुकमाथि अत्याचार भएको भन्दै उहाँले अन्याय र अत्याचार विरुद्ध राप्रपा बिरोधमा उत्रिने बताउनुभयो ।

नेपालमा हिन्दु धर्म पुर्नस्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेको बताउनुभयो । पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए ।

भिडलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);