एजेन्सी, २५ पुष । भारतको महाराष्ट्र राज्यको एक अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । शनिबार बिहान महाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो ।
अस्पतालको न्यूबर्न केयर युनिटमा आगलागी भएको थियो भने ७ जना शिशुलाई भने सुरक्षित निकालिएको थियो । अस्पताल भवनमा आगो लागेपछि भरिएको धुँवाका कारण सास फेर्न गाह्रो भएर शिशुहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा पर्छ ।
यसैबीच कंग्रेस नेता राहुल गान्धीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ ।