काठमाडौं, २४ पुष । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार कैलालीको धनगढी पुग्नुभएको छ। । नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लाग्नुभएको हो ।प्रधानमन्त्री ओली केहीबेर अघि धनगढी विमानस्थलमा पुग्नुुभएको छ। बिमानस्थालमा उहाँलाई स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन्
। पार्टीको विवाद झन चर्किएर नेकपा विभाजनको डिलमा पुगेको अवस्थामा ओली काठमाडौ बाहिर जानुभएको होे । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटिले बुधबार कमिटी विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको थियो ।
सो बैठकले ३० लाख हिनाममिना गरेको भन्दै नेकपा नेता भीम रावलालाई कारवाहीको सिफरिस पनि गरेको थियो । अहिलेको मन्त्रिपरिषदमा सबैभन्दा धेरै मन्त्री रहेको सुदूरपश्चिम प्रदेशमा हुने कार्यक्रममा ओलीको सहभागितालाई महत्वका साथ हेरिएको छ।
पार्टी बिभाजनको डिलमा पुगेको अवस्थामा आफ्नो संगठन बलियो बनाउन ओलीले देश दौडाहको सुरुवात गर्न लाग्नु भएको बताइएको छ ।