प्रदेशसभा बिघटन हुने मन्त्री तुम्वाहाम्फेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

प्रदेशसभा बिघटन हुने मन्त्री तुम्वाहाम्फेको खुलासा

काठमाडौं, २० पुष । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताउनुभएको छ ।

सोमबार प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री तुम्वाहाम्फेले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताउनुभएको हो ।

यद्यपि बिघटनको अधिकार प्रदेशसभामै रहेको उहाँको भनाइ छ । उहाँले प्रतिनिधि सभा बिघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न नमिल्ले उल्लेख गर्नुभयो । मन्त्री तुम्वाहाम्फेले प्रतिनिधि सभाको निर्वाचन तोकिउकै समययमा हुने दाबी पनि गर्नुभयो ।

पार्टी एकता र विभाजन आन्तरिक विषय भएकाले कुनै पनि विदेशी शक्तिले हस्तक्षेप गर्न नमिल्ने तुम्बाहाम्फेको भनाई छ । उहाँले भूमिसम्बन्धी समस्या समाधानका लागि काम अघि बढाएको समेत उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);