प्रचण्डकी बुहारी भन्छिन - 'खर्च अभावले चुनाव लडिन' | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

प्रचण्डकी बुहारी भन्छिन – ‘खर्च अभावले चुनाव लडिन’

काठमाडौँ, १८ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठीले चुनाव खर्च नभएका कारण उम्मेदवार नहुने बताएकी छन्। साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे।

उनको भर्नालाई आधार मान्ने हो भने जोकोहीले चुनाव लड्ने आँट नगर्दा हुन्छ । त्यसैले त उनकी बुहारी सिर्जना त्रिपाठीले ईच्छा भएर पनि प्रदेशसभामा लड्ने आँट देखाईनन् । असोज ४ र ५ मा माओवादीको कास्की क्षेत्र नम्बर ३ को बैठक बस्यो बैठकको उदेश्य प्रदेश र संघको निर्वाचनमा क्षेत्रबाट उम्मेदार सिफारिस गर्नु थियो ।

सिर्जना मतदाता रहेको क्षेत्र ३ क बाट उनीसहित राजु तिमिल्सिना र तीर्थ लुईटेलको नाम प्रदेशसभाको उम्मेदवारमा सिफारिस भयो । उनले स्वेच्छाले उम्मेदवारी दर्ज गर्ने निर्णय गरेकी थिईन् । तर अन्तिममा आएर ब्याग भईन । उनी पछि हट्नुको कारण थियो, चुनावमा गर्नुपर्ने खर्चको अभाव ।

अहिले जोसंग पैसा छ, त्यसैले चुनाव लड्ने हिम्मत गर्न सक्छन्, दशैँ मनाउन हेम्जासिथत माईतिघर आइपुगेकी उनले भनिन् मेरो आर्थिक अवस्था कमजोर छ । पार्टीकी केन्द्रीय सदस्य सृजनाले समाजशास्त्रमा स्नातकोत्रर गरेकी छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);