प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी प्रदेश र एपिएफको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी प्रदेश र एपिएफको विजयी सुरुवात

दाङ, ११ पुष । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरीको एपिएफले विजयी शुरुवात गरेका छन् । दाङको देउखुरीमा शनिबारबाट शुरु भएको प्रतियोगिताको उदघाटन खेलमा लुम्बिनीले प्रदेश नं २ लाई ९ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६ दशमलब १ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । लुम्बिनीकी गीता गोसाईं ४२ बलमा २ चौका सहित २३ रनमा अविजित रहिन् । शनिबारको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशमाथि दुई सय चार रनको फराकिलो जित हात पारेको छ ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय ३५ रन बनायो । जवाफमा कर्णाली १४ ओभर एक बलमा मात्र ३१ रनमा अलआउट भयो । कर्णाली विरुद्ध एपिएफकी करुणा भण्डारीले पाँच तथा राजमती ऐरीले दुई विकेट लिइन ।

प्रतियोगितामा ७ वटा प्रदेशका प्रादेशिक टोलीसँगै विभागीय टोली शसस्त्र प्रहरीको एपीएफको सहभागिता छ । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ भने फाइनल खेल १९ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

आइतबार प्रदेश नम्बर २ ले सशस्त्र प्रहरीको एपिएफसँग खेल्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);