काठमाडौं, ३ पुष । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँस्थित चन्द्रागिरी र किर्तिपुर नगरपालिकाको विकास निर्माण सम्बन्धी परियोजनाको अवलोकन गर्नुभएको छ ।
मन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका र किर्तिपुर नगरपालिका जोड्ने पुलको अवलोकन गर्नुभएको हो ।
गत आर्थिक वर्षमा शिलान्यास भई निर्माण कार्य प्रारम्भ भएको पुलको काम भईरहेको छ । अवलोकनको क्रममा ८० प्रतिशत काम सम्पन्न भइसकेको र यसै वर्षको फागुनमा निर्माण सम्पन्न भइसक्ने देखिएको शहरी विकासमन्त्री श्रेष्ठले बताउनुभयो ।
कोरोना र वर्षायामको असरको बामजुद पनि पुल निर्माण गर्ने कार्य समयमै सकिने अवस्था देखिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताउनुभयो ।
यस वर्ष कोरोनका कारण देशभरका निर्माणकार्यमा असर परेको छ । लामो समयको लकडाउन पछि बिस्तारै निर्माण क्षेत्रमा काम शुरु हुन थालेका छन् ।