एजेन्सी, ३ पुष । विश्व स्वास्थ्य संगठन डब्लुएचओले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन अझै एक बर्षसम्म लाग्न सक्ने स्पष्ट गरेको छ । डब्लुएचओका एसिया प्रशान्त क्षेत्रीय निर्देशक डाक्टर ताकेशी कासाइले यस क्षेत्रमा खोप आउन ढिला हुने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् र ।
खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेका कारण एसिया प्रशान्त क्षेत्रमा तत्काल खोप उपलब्ध हुन नसक्ने डाक्टर कासाइको भनाइ थियो।
त्यसैगरी खोपको उत्पादन, गुणस्तर व्यवस्थापन, भण्डारण र सवैलाई ठाउँ ठाउँमा पु¥याउनु पनि ठुलै चुनौतीको विषय रहेको संगठनले जनाएको छ । एसिया प्रशान्त क्षेत्रमा खोप आउन ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताइएको छ ।