स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको संघर्षपूर्ण जित | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको संघर्षपूर्ण जित

एजेन्सी, २९ मंसिर । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित दर्ता गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को जित निकालेको हो ।

बार्सिलोना लागि लियोनल मेस्सीले ७६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बार्सिलोनाका लागि मार्टिन ब्रेथवेट, क्लेमेन्ट लेङ्गलेट, जोर्डी अल्बा र एन्टोनी ग्रिजम्यानले गोल गर्ने प्रयास गरेका थिए । तर लेभान्टेका गोलरक्षक अइतोर फेर्नान्डेजले उनीहरुका प्रहार गोलमा परिणत हुन दिएनन् ।

जितपछि ११ खेलबाट १७ अंक जोडेको बार्सिलोना आठौँ स्थानमा उक्लिएको छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८ औँ स्थानमा छ । आइतबार राति भएका अरु खेलमा ग्रानाडाले एल्चीलाई १–० ले पराजित गर्दा रियल सोसिडाड र एइबर तथा रियल बेटिस र भिल्लारियलले समान १–१ को बराबरी खेलेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);