आज बालाचतुर्दशी पर्व : पशुपतिमा महादीपदान नहुने | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

आज बालाचतुर्दशी पर्व : पशुपतिमा महादीपदान नहुने

bala chaturdashi

फाइल फोटो

काठमाडौं, २७ मंसिर । मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि सुरु हुँदैछ।

काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गर्न र अर्को दिन बिहान शतबीज छर्ने गरिन्छ । भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने धार्मीक ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

यसैबीच यो वर्ष कोरोना महामारिका कारण लाखौँ भक्तजन आउने पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगरिने भएको हो । पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान शतबीज भने छर्न सकिने कोषले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);