रुसी बैंकको नेपालको जलविद्युत क्षेत्रमा लगानी प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

रुसी बैंकको नेपालको जलविद्युत क्षेत्रमा लगानी प्रस्ताव

रुसकै दुई ठुला बैंक लाण्टा र मस्को ईण्डष्ट्रियल बैंकले गरे उर्जा मन्त्रीसँग प्रस्ताव

काठमाडौं, २४ मंसिर । रुसले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने प्रस्ताव नेपाल समक्ष गरेको छ । यसका लागि रुसका दुई ठ्ला बैंक लान्टा र मस्को ईण्डष्ट्रियल बैंक सहितको प्रतिनीधि मण्डलको नेतृत्व गर्दै नेपाल स्थित रुसी दुतावासका राजदुत एलेक्सी नोभिकोभले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनलाई भेटेर प्रस्ताव गरेका हुन ।

मंगलवार मन्त्री पुनसँग भएको भेटमा राजदुत नोभिकोभ सहितको टोलीले, प्रारम्भमा एउटा पाईलट प्रोजेक्टका रुपमा कुनै एउटा आयोजनामा लगानी गर्ने ईच्छा ब्यक्त गरेको छ ।

नेपालको जलबिद्युत विकासका लागि लान्टा बैंक र मस्को ईण्डष्ट्रियल बैंक लगानस् विस्तार गर्न सहमत रहेको समेत राजदुत नोभिकोभले जनाएका छन् । यसै सन्दर्भमा राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो ।

साथै, विद्युत् र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीले चासो राखेको मन्त्रालयले बताएको छ । प्रतिनिधिमण्डलले उत्पादित विद्युत् आफ्नै उद्योगमा खपत गर्न सकिनेर नसकिने विषयमा समेत मन्त्री पुनसँग छलफल गरेको थियो ।

उर्जा मन्त्रालयले बताए अनुसार, प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’का रूपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताएका थिए । रसियन प्रतिनीधि मण्डलसँगको भेटमा मन्त्री पुनले, आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने प्रक्षेपण गरेको जानकारी गराएका थिए ।

बढी भएको विद्युत् भने भारत र बंगलादेशमा निर्यात गरिने र यसका लागि भारत र बंगलादेशसँग विद्युत् व्यापार सम्झौतासमेत गरिसकेको उनले जानकारी दिएका थिए । साथै उनले टोलीलाई आफैं बजार खोजेर बेचे पनि नेपाल सरकारको कुनै आपत्ती नरहने वा सरकार आफै.ले पनि बजार खोजिदिन सक्ने आश्वासन समेत दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पुनसँगको भेट्न आएको राजदुत नेतृत्वको प्रतिनिधी मण्डलमा लान्टा बैंक र मस्को इन्डस्ट्रियल बैंकका उच्च अधिकारीका साथै रूसमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक डा. उपेन्द्र महतो, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी तथा स्वतन्त्र ऊर्जा उत्पादक संघका महासचिव गोरे शेर्पा समेत सहभागी थिए ।

Leave a Reply