श्रमिक र उद्योगबीचको सम्बन्धमा कोरोनाको असर | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

श्रमिक र उद्योगबीचको सम्बन्धमा कोरोनाको असर

काठमाडौं, २२ मंसिर । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवस्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । कोभिड १९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा अरेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारालाहरुले विपदको अवस्थामा श्रमिक र रोजगारदताबीच समन्वय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष रामचन्द्र संघाईले रोजगारी गुामाएकालाई पुन रोजगारीमा फर्काउन चुनौति भएको बताउनुभयो । पर्यटन, रेस्टुरेन्ट, साना तथा मझौला उद्योगलाई पुरानै अवस्थामा फर्काउन अझै २/३ वर्ष लाग्ने भएकाले रोजगारी फर्काउन समेत चुनौति देखा परेको बताउनुभएको हो । 

ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र यादवले श्रमिक र उद्योगबीचको सम्बन्ध सुधार्नुपर्ने अवस्था आएको बताउनुभयो । कोभिडका कारण उद्योग र श्रमिक दुवैलाई समस्या परेको अवस्थामा मिलेर समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि यादवले बताउनुभयो । 

अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष धनबहादुर बिकले देशको लागि उद्योग कलकारखाना चाहिएको हो भने श्रमिकका समस्या सबैभन्दा पहिला समाधान हुनुपर्ने बताउनुभयो । अहिले पनि उद्योग लगानीकर्ताको मात्रै हो भन्ने सोच राख्ने हो भने समस्या उत्पन्न हुने बताउनुभयो । 

कोरोनाका कारण उद्योग व्यवसाय पुरानै लयमा सूचारु हुुन नसक्दा करिब १५ लाख रोजगारी गुमेको अनुमान गरिएको छ । यस्तै वैदेशिक रोजगारीबाट डेढ लाख बढी युवाहरु स्वदेश फर्किएका छन् । त्यसैले पनि रोजगारी संकट समाधान गर्नका लागि श्रमिक, उद्योग र सरकारबीच समन्वय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);