राजपुर बम काण्ड आरोपमा अफताव आलमका भाइ महताव पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

राजपुर बम काण्ड आरोपमा अफताव आलमका भाइ महताव पक्राउ

रौतहट, २२ मंसिर । २०६४ को संविधान सभाको चुनावको अघिल्लो दिन भएको रौतहटको राजपुर बमकाण्डका आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताब आलम छन् ।

सांसद आलम पक्राउ परेपछि महताब भने फरार थिए । उनी पक्राउ परेको विषय रौतहट प्रहरीले सार्वजनिक भने गरेको छैन । भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर सोमबार रौतहट ल्याइँदै गरेको स्रोतले जानकारी दिएको छ ।

२७ चैत २०६४ मा आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मिया लाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको उनीहरुमाथि आरोप छ ।

मुख्य आरोपी भनिएका संसद अफताब आलम भने २०७६ असोज २६ मा पक्राउ परेका थिए । सांसद आलम हाल कारागारमा छन । ११ आरोपी मध्य पाँच जना पक्राउ परिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);