जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, चार जना घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, चार जना घाइते

डोटी, २१ मंसिर । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ भने चार जना घाइते भएका छन् । शनिबार राति दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको महेन्द्रा जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट, नाम नखुलेकी ५५ वर्षकी महिला र अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी रहेका छन् ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply