च्याम्पियन्स लिग : समूह विजेता बन्दै लिभरपुल नकआउट चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

च्याम्पियन्स लिग : समूह विजेता बन्दै लिभरपुल नकआउट चरणमा प्रवेश

एजेन्सी, १७ मंसिर । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले अजाक्सलाई १–० गोल अन्तरले पराजित गर्दै एक खेल अगाडि नै नकआउट चरणमा स्थान बनाएको हो ।

लिभरपुलको जितमा ५८ औँ मिनेटमा कर्टिस जोन्सले गरेको गोल नै निर्णयक बन्यो । जोन्सले च्याम्पियन्स लिगमा पहिलो गोल गरेका हुन् । अन्तिम १६ मा स्थान बनाउने पक्का भएको लिभरपुलको पाँच खेलबाट १२ अंक भएको छ ।

परातिज भएको अजाक्स सात अंकसहित तेस्रो स्थानमा छ । सोही समूह अन्तर्गत भएको अर्को खेलमा एफसी मिड्ट्जील्याण्डसँग १–१ को बराबरी खेलेको एट्लान्टा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);