पाल्पा, २८ कार्तिक । पाल्पामा बिगत १० दिनदेखि बेपत्ता रहेका पुरुष मृत अबस्थामा फेला परेका छन । पूर्वखोला गाउँपालिका २ जल्पाका ४५ वर्षीय केहर सिँ दर्लामी मृत अवस्थामा फेला परेका हुन् ।
दर्लामी शुक्रबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए। उनको शब घरदेखि ३ किलोमिटर पश्चिमतर्फ जंगलमा फेला परेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।