डडेलधुरा, २८ कार्तिक । बैतडीको खोडपेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
दार्चुलाबाट महेन्द्रनगर तर्फ आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती करिब १० बजेतिर बैतडीको पाटन नगरपालिका– ८ खोडपेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ८ जनाको घटनास्थलमै र १ जनाको अस्पताल पुगाए लगत्तै मृत्यु भएको र २९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बस सडकबाट करिब ६ सय मिटर जति तल खसेको छ ।
घाइतेहरूलाई राती नै उद्धार गरी डडेलधुरा अस्पताल पुगाइएको छ । गम्भीर घाइते मध्ये ७ जनालाई डडेलधुराबाट थप उपचारका लागी धनगढी पुर्याएको छ ।
प्रहरीले घटनास्थलबाट सबै शवहरू संकलन गरी सकेको र अहिले बैतडी लगिन लागिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।