आज राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

आज राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

falgunanda

काठमाडौं, २५ कार्तिक । किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ ।

मंगलबार एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण अभियानमा लाग्ने प्रेरणा फाल्गुनन्द जन्मजयन्तीले प्रदान गरोस् भन्ने कामना व्यक्तगर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि फाल्गुनन्द जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्नुभएको छ ।

वि.सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिनुभएका फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।

विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतमा फाल्गुनन्द जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण धेरै व्यक्ति भेला भएर जन्मजयन्ती मनाइने छैन ।

वि. सं. २००५ सालमा दिवंगत हुनुभएका फाल्गुनन्दले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);