काठमाडौं, १२ असोज । नौ वर्षपछि काठमाडौंमा जीवित देवी ‘कुमारी’ आज फेरिँदैछिन् ।
कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले उनको ठाउँमा राजधानीको ओमबहालकी तृष्णा शाक्यलाई कुमारी छनोट गरिएको हो। तीन वर्षीया तृष्णा मञ्जुश्री नक महाविहारका विजयरत्न शाक्य र श्रृजना शाक्यकी छोरी हुन्।
नेपाल लगायतका दक्षीण एसियाली देशहरूमा यौवन अवस्था पूर्वका केटीहरूलाई कुमारी या कुमारी देवीको रूपमा पूजा गर्ने परम्परा रहेको छ।
गुठी संस्थानको अनुसार महाअष्टमीको दिन पारेर तृष्णा शाक्यलाई विधिवत कुमारी देवीका रुपमा प्रतिस्थापन गरिन लागेको हो । संस्थानले १८ वटा महाविहारका ३ जना प्रतिनिधि, पञ्चबुद्धका राजगुरुसमेत ५ जनाको छनौट समितिबाट नयाँ कुमारी छनौट गरेको हो ।
मतिना शाक्य ३ वर्षको उमेरमा कुमारी भएकी थिएन् । उनलाई आजै राजकीय सम्मानका साथ कुमारीघरबाट बिदाइ गरिने छ ।