खेलकुद

आईपीएल टी–ट्वान्टीः राजस्थान रोयल्ससँग ७ विकेटले चेन्नई सुपर किङ्स पराजित

एजेन्सी, ४ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ ।

अबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा सोमबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।

चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित ७०, कप्तान स्टिभ स्मिथले २६, बेन स्टोक्सले १९, रोबिन उथप्पाले ४ रन बनाए भने सन्जु सामसन सुन्य रनमा आउट भए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित ३५, कप्तान महेन्द्र सिंह धोनीले २८, साम करणले २२, अम्बाती रायाडुले १३ र फाप डु प्लेसिसले १० रन जोडे । राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १/१ विकेट लिए ।

जितसँगै राजस्थानले १० खेलमा ८ अंक जोड्दै लिगको पाँचौं स्थानमा समेत उक्लिएको छ ।

Related Post
Share

This website uses cookies.