शेर्पा संघ बाग्मती प्रदेश समितिद्धारा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शेर्पा संघ बाग्मती प्रदेश समितिद्धारा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम हुँदै

नेपाल शेर्पा संघ बाग्मती प्रदेश समितिद्धारा आयोजित शेर्पा सामुदाय र शेर्पा जनप्रतिनिधिहरुको चुनौती, सम्भावना बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम यही बैसाख १५ गते काठमाण्डौंमा आयोजना हुने भएको छ । कार्यक्रममा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा हुन गइरहेको छ ।

त्यसैगरी राष्ट्रिय निकुञ्जका विभागका पुर्व संरक्षक डा. लाक्पा नोर्बु शेर्पा, नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा शेर्पा मुख्य वक्ताका रुपमा आमन्त्रण गरिएको छ । कार्यक्रममा बाग्मती प्रदेशमा रहेका शेर्पा सामुदायहरुको हक अधिकार र आगमी दिनमा शेर्पा सामुदायलाई कसरी राष्ट्रिय स्तरमा थप उजागर गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख विषय बनाइएको नेपाल शेर्पा संघ बाग्मती प्रदेशका अध्यक्ष आङछिरि शेर्पाको भनाई छ । शेर्पा समुदायमा यस्ता कार्यक्रम विगतमा नभएकोले यो पहिलो पटक हुनु लागेको हुँदा भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शेर्पा सबलीकरण गर्दै लैजाने अध्यक्ष शेर्पाको तर्क छ ।

त्यसैगरी कार्यक्रममा भोटेकोशी गाउँपालिका अध्यक्ष्य पासाङ नुर्पु शेर्पा प्यानल सत्रको वक्ता रुपमा आचार्य पासाङ, निमि शेर्पा, ग्याल्जे लामा शेर्पाले समेत कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ ।

कार्यक्रममा बागमती प्रदेशको विभिन्न तहमा निर्वाचित शेर्पा जनप्रतिनिधिहरु र शेर्पा समुदायको संघ संस्थाहरुको प्रतिनिधिमूलक प्रतिनिधित्वको सहभागितामा भविष्यमा कार्यपत्र निर्माणार्थ शेर्पा समुदाय र शेर्पा जनप्रतिनिधिको विगत वर्तमान भविष्य विषयक अन्तरक्रिया हुने आयोजकले जनाएको छ । कार्यक्रममा शेर्पा समुदाय बाट निर्वाचित बागमती प्रदेशको विभिन्न तहको जनप्रतिनिधि र शेर्पा समुदायमा आवद्ध संघ संस्था ,किदुकको विभिन्न तहको प्रतिनिधिले कार्यक्रममा उपस्थिति जनाउन बैशाख १० गते नै प्रतिनिधि हरुको विवरण संकलन गरिसकिएको छ ।

त्यसैगरी शेर्पा समुदायमा सक्रिय रहेको विभिन्न शेर्पा संघ संस्थामा आबद्ध प्रतिनिधिहरु प्रतिनिधित्व गराउने गरी झण्डै सय जना भन्दा बढीलाई आमन्त्रण गरिएको छ ।  शेर्पा संघले भाषा, लिपी, मौलिक चाडवर्व, आफ्ना पहिचान, संस्कृति परम्पराको संरक्षण र विकाको लागि विभिन्न काम र अभियान चलाउँदै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);