यस वर्ष अर्थशास्त्र तर्फको नोवेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

यस वर्ष अर्थशास्त्र तर्फको नोवेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई

एजेन्सी, २८ असोज । यस वर्षको अर्थशास्त्र तर्फको नोवेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई प्रदान गरिने भएको छ ।

स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने बिद्युत महशुल बुझाउन, र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई बिक्री गर्ने फ्रिक्वेन्सी लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकीलाई पुरस्कार प्रदान गर्न लागिएको नोबेल कमिटीले जनाएको छ ।

उहाँहरुका खोजका कारण बिक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएके कमिटीले बताएको छ ।

नोबेल पुरस्कार विजेता विल्सन र मिलग्रोमले संयुक्त रुपमा ११ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नु हुनेछ । यस वर्षको नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकी अध्येताहरुकै बर्चश्व कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);