दशैतिहारलाई मध्यनजर गर्दै नगरपालिकाद्धारा मुसिकोट बजारमा अनुमगन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

रुकुम, १० असोज ।  दशैतिहारलाई मध्यनजर गर्दै मुसिकोट नगरपालिका कार्यालयले बजार अनुगमन गरेको छ ।

दशैतिहारको बेला व्यापारीहरुले मुल्य बढी र म्याद गएका समानहरुको पनि बिक्रि बितरण भैरहेको भन्ने जनगुणासोको आधारमा अनुगमन गरेको हो । नगरप्रमुख देबिलाल गौतमको नेतृत्वमा जिल्ला स्थित राजनीतिक दल, सरोकारवाला कार्यालय र पत्रकारहरुको टोलीकोे सयुक्तमा अनुगमन गरिएको हो ।

सदरमुकाम मुसिकोट स्थित दुई दर्जन बढी पसलहरुमा गरिएको अनुगमनमा केहि पसलहरुमा म्याद गएका सामाग्रीहरु भेटिएका छन् । सडकमा अब्यवस्थित रुपमा राखिएका सामाग्रीहरुले बजार कुरुप भएको भन्द सामाग्रीहरु ह्टाउन पनि निर्देशन दिइएको छ ।

मुसिकोट नगरपालिकाले एक सूचना जारी गर्दै चाडपर्बको समयमा मदिरा बिक्रि बितरणलाई कडाई गरेको जानकारी दिएको छ । साथै अनुमति लिएका पसलहरुले मदिराको बिक्रि बितरण गर्न पाउने भए पनि पुनः नगरपालिका कार्यालयमा सुचिकृत गराउन नगरपालिको सूचनामा उल्लेख गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);