उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारवाहीको माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

काठमाडौं, २२ असोज । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन ।

घटना भएको तीन दिनसम्म पनि अपराधि पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र पनि बुझाएका छन ।

असोज २० गते त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा संलग्न अपराधिलाई तत्काल पक्राउ गरी कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी पनि प्राध्यापक संगठनहरुले दिएका छन ।

विश्वविद्यालय प्रशासनले घटनालाई गम्भिर रुपमा लिएर अपराधिलाई तत्काल कारवाहीको दायरामा ल्याउन पहल गर्नुपर्ने माग गर्दै संगठनहरुले उपकुलपति बास्कोटालाई ज्ञापनपत्र बुझाएका हुन । दिनदहाडै विश्वविद्यालयको हाताभित्र जघन्य आपराधिक घटना हुनु विश्व विद्यालय, प्राध्याक, कर्मचारी र विद्यार्थीका लागि गम्भिर चिन्ताको विषय भएको विज्ञप्तीमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै उपकुलपति बास्कोटाले विश्वविद्यालय हाताभित्र प्राध्यापकमाथि आक्रमण हुनु दुःखद भएको बताउनुभयो । अपराधिलाई तत्काल पक्राउ गरी कारवाहीको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);