अव्यवस्थित सडकका कारण स्थानीय वर्षौ देखि सास्ती खेप्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

अव्यवस्थित सडकका कारण स्थानीय वर्षौ देखि सास्ती खेप्न बाध्य

बाग्लुङ,१८ असाेज । बाग्लुङ जिल्ला सदरमुकामदेखि दक्षिण क्षेत्रको केन्द्र कुश्मीसेरा जाने सडकको ट्रयाक खुलेको २३ वर्ष बितिसक्दा समेत सडकले पूर्णता पाउन सकेको छैन । सडक व्यवस्थित हुन नसक्दा वर्षातको समयमा हिलाम्मे र हिउदमा धुलाम्मे हुने गरेको छ । अव्यवस्थित सडकका कारण स्थानीय वर्षौ देखि सास्ती खेप्न बाध्य छन् ।

बागलुङ सदरमुकामदेखि कुश्मीसेरा जाने सडककालागि पर्याप्त बजेट विनियोजन नहुँदा सडकले पूर्णता पाउन नसकेको हो । २१ किलोमिटर दुरीको सडकखण्ड मध्ये कालीगण्डकी करिडोर देखि पाग्जासम्मको झण्डै ४ किलोमिटर सडक २०७३ मा कालोपत्रे गरेपनि ४ वर्षमै उप्किएको छ ।

वर्षातको समयमा विभिन्न ठाँउमा सडक अवरुद्ध हुँदा स्थानीय दिनभर पैदल यात्रा गर्नुपर्ने, सवारीमा गए पनि धेरै समय खर्चनु पर्ने बाध्यता छ । २०५४ मा खुलेको सडकको ट्रर्याकमा वर्षेनी लाखौं खर्चंदा पनि सुधार हुन नसक्दा समस्या झेल्नु परेको हो ।

विशेषगरी पाग्जा, पानी ट्यांकी र सरङ्गे लगायतका स्थानमा हिलोले सवारीसाधन फस्ने गरेका छन् । गाडी फसेपछि दिनभर कुरेर बस्नुपर्ने, पैदल गए पनि हैरानी खेप्नुपर्ने बाध्यता छ । ट्रयाक खुलेको २३ वर्षपछि पनि समस्या ज्यूँको त्यूउँ रेको सवारी चालकको गुनासो छ । स्थानीयलाई बिहान सदरमुकाम पुगेर बेलुकी घर फर्कन हम्मेहम्मे हुने गरेको छ । प्रशासनिक कामकालागि ससदरमुकाम आउनेलाई सडककै कारण समस्या हुने गरेको छ । अहिले उक्त सडकखण्डलाई ३ खण्डमा विभाजन गरी कालोपत्रे गर्ने तयारी भएको छ ।

पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्र्तगत गत आर्थिक वर्षको बजेटले कुश्मीशेरा बजारमा २ सय मिटर र खौर–टुनीबोट खण्डमा १ किलोमिटर सडक कालोपत्रेको काम भैरहेको छ । दुबै खण्डमा कोरोना कहरका बीच कालोपत्रेको काम गरिरहेको तिलक निर्माण सेवाले कुनै अवरोध नभए दशैं अगाडिनै कालोपत्रेको काम सकिने जनाएको छ । सो सडक खण्डमा केन्द, प्रदेश र सांसद विकास कोषबाट ८ करोडको वजेट विनियोजन भएको छ ।

त्यस्तै पाग्जादेखि टुनिबोटसम्मको १० किलोमिटर सडक भौतिक पूर्वाधार मन्त्रालयको २६ करोड लागतमा चालु आर्थिक वर्षमा सक्ने गरी कालोपत्रै हुदैँछ । सडक निर्माणको जिम्मेवारी लिएको कर्ण व्युल्डर्स कन्स्ट्रक्सन प्रालिले माटो काट्ने, पक्की पर्खाल बनाउने, तारजाली सहितको पर्खाल बनाउने काम गरेपनि वर्षाले विभिन्न ठाँउमा क्षतविच्छेद भएको छ । समयमा सडक नबन्दा स्थानीयले जनप्रतिनिधिसंग पटकपटक प्रश्न गर्ने गरेका छन् ।

सडकमा तत्कालीन जिल्ला विकास समिति, आर आई डी पी परियोजना, एसियाली विकास बैंक र ड्रिलिप नामक परियोजनाको समेत गरि करोडौं रुपैयाँ लगानी भइसकेको छ । सरकारले २० वर्ष पुराना सडकलाई रणनीतिक सडकको नाम दिएर लगानी गर्न थालेको छ । पूर्वाधारको क्षेत्रमा सरकारले वर्षेनी ठूलो रकम खर्च गरेको भएपनि लगानी वालुवामा पानी सावित हुदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);