काठमाडौँ, १० असोज । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले गरेको निर्णय उल्टयाउने गरी सोमबार कार्यावाहक प्रधानमन्त्री बिजयकुमार गच्छादारले राखेको मन्त्रिपरिषद बैठक असफल भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयलाई कार्यबाहक प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले सच्याउन सक्ने कानुनी व्यवस्था नभएका कारण गच्छादारको प्रयास असफल भएको हो।
सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो।
उक्त निर्णय फिर्ता लिनुपर्नेलगायत तीन बुँदे माग राखी यही ६ गते शुक्रबारदेखि संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य संस्था बन्द गरेको थियो। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलका अनुसार कार्यबाहक प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले अघिल्लो बैठकले गरेको निर्णयलाई सच्याउन प्राविधिक कारणले नमिलेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौ आएपछि पुन बैठक बस्ने निर्णय गरिएको हो ।
‘कार्यावाहक प्रधानमन्त्रीको अध्यक्षताको बैठकले पहिलेको निर्णय उल्टयाउने चलन रहेछ’मन्त्री पोखरेलले अन्नपूर्णसँग भने । चिकित्सक संघका पदाधिकारीहरुले आइतवार भेटेपछि कार्यबाहक प्रधानमन्त्री गच्छदारले सोमबार आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन। गच्छादारले चिकित्सक संघका पदाधिकारीलाई आफूले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएर उनीहरुका माग सम्बोधन गर्ने जानकारी आइतबार नै गराएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।